गोदावरीमा १५ दिने दुना टपरी तालीम सुरु

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालीकामा १५ दिने दुना टपरी तालीम सुरु भएको छ । मानव अधिकारका लागी महिला गोदावरी एकल महिला समुहको आयोजना तथा गोदावरी नगरपालीका महिला तथा बालबालीका शाखाको आर्थीक सहयोगमा तालीम सुरु भएको हो । पुष २३ गतेदेखी माघ ७ गतेसम्म सञ्चालन हुने उत्त तालीमको शुक्रबार एक औपचारीक कार्यक्रमका बिच गोदावरी नगरपालीकाकी उपप्रमुख रत्ना कडाएतले उद्घाटन् गरेकी हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख कडाएतले आत्मनिर्भर हुनका लागी एकल महिलालाई सीपमुलक तालीम आवश्यक रहेको बताईन् । उनले सीप सिकेर आत्मनिर्भर बन्न सकेमा समाजले एकल महिलाले केहि गर्न सक्दैन भन्ने सोच त्याग्न सहयोग पुग्ने बताईन् । उनले भनीन् “नगरपालीकाभित्र ठुलो संख्यामा एकल महिलाहरु हुनुहुन्छ,घरपरिवारको सारा जीम्मेवारी तपाँइहरु आफ्नै काँधमा हुन्छ त्यसैले कुनै न कुनै सीपमुलक तालीमहरु लिएर व्यवशायीक बन्नुस । ” दुना टपरी बनाउन सिकेर कतिपय एकल महिलाहरु यसैबाट पनी आत्मनिर्भर बन्न सकिने हुँदा सक्रीय भएर तालीम लीई व्यवशायीक रुपमा अगाडी बढ्न उनले आग्रह गरिन् ।

nisarga

कार्यक्रममा मानव अधिकारका लागी महिला गोदावरी एकल महिला समुहकी अध्यक्ष मायाँ विष्टले समाजमा धेरैजसो एकल महिलाहरुको अवस्था दयनीय रहेको बताईन् । उनले सरकारले दिने सामान्य भत्ताको भरमा कतिपय एकल महिलाहरुले घर व्यवहार धानीरहेको बताँउदै उहाँँँहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उदेश्यका साथ मानव अधिकारका लागी महिला एकल महिला समुहले दुना टपरी तालीमको अवधारणा ल्याएको बताईन् । उत्त तालीममा गोदावरी नगरपालीकाका बाह्र ओटै वडाबाट ४८ जना एकल महिलाहरुको सहभागीता रहनेछ । व्यशायीकरुपमा दुना टपरीको उधोग सञ्चालन गर्दै आएकी सरिता बुढामगरले तालीममा प्रशिक्षण गर्नेछिन् ।

आयोजक सँस्थाले दुना टपरी बनाउने मेसीन पनी खरीद गरेको छ । तालीमको समापन पश्चात महिलाहरुले टिपेर ल्याएको पात,सिन्का खरीद गरी दुना,टपरी बनाँउदै व्यवशायीक रुपमा अघि बढ्ने आयोजकले जनाएको छ । तालीम अत्तरिया उधोग वाँणीज्य संघको भवन संगै रहेको कालीका मन्दीरको हलमा संचालन हुनेछ ।