बडेहामा रहेको शैलेश्वरी माविको ४ कोठे नवनिर्मित भवनको उद्घाटन

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. ६ बडेहामा रहेको शैलैश्वरी माध्यमिक विद्यालयको ४ कोठे नवनिर्मित भवनको उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकाश मन्त्रालयको को लगानी रहेको उक्त भवनको शुक्रबार सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकाश मन्त्री दिर्घ सोडारी र राज्यमन्त्री चुन कुमारी चौधरीले सयुक्त रुपमा उद्घाटन गरेका हुन ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सोडारीले विधालयमा भौतिक संरचनाहरु पर्याप्त मात्रामा भएमामात्रै पठनपाठनमा सहयोग पुग्ने बताए । शिक्षा क्षेत्रको विकासकालागी प्रदेश सरकारले थुप्रै कामहरु रहेको बताँउदै उनले बिधालयको विकासका योजनाहरु आगामी बजेटमा पनि समाबेश गरेर बजेट बिनियोजन गरिने बताए ।

nisarga

कार्यक्रममा विशीष्ट अतिथी रहेकी सुदुरपश्चिम प्रदेश सरकारकी भौतिक पुर्वाधार राज्य मन्त्री चुनकुमारी चौधरीले हरेक क्षेत्रमा अगाडी बढ्नका लागी शिक्षाको आवश्यकता पर्ने र शिक्षा हाँसील गर्नका लागी भौतिक पुर्वाधार महत्तवपुर्ण हुने भएको हुँदा आफुले प्रदेश सरकारबाट बजेटकालागी पहल गरेको बताईन् । उनले बिधालयको भवन निर्माणका लागि ३८ लाख र बिज्ञान प्रयोगशाला र प्रबिधिका लागि बाकिँ ५ लाख गरि ४३ लाख रुपैया बजेट बिनियोजन गरिएको बताइन् ।

               विधालयको नवनिर्मीत भवन

उनले शिक्षित हुनका लागि बिधालयको विकास हुन जरुरी रहेकाले अहिलेको बजेटमा पनि शैलेश्वरी माध्यामिक बिधालयका लागि १० लाख रुपैया बजेट बिनियोजन गरिएको बताइन् । विधालय व्यवस्थापन समितिका अध्यक्ष खम्ब बुढाले नयाँ भवन निर्माणले विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्नमा सहजता हुने बताए ।

‘१२ कक्षा सम्म पढाई हुने विद्यालयमा करिब १ हजार ३ सय विद्यार्थीहरु छन’ उनले भने ‘अझै पनि एउटा कक्षाकोठमा १ सय १० जना भन्दा बढी विद्यार्थी राखेर पढाउनुपर्ने बाध्यता छ, नयाँ निर्मित भवनले केही सहज गरेपनि अझै पर्याप्त रुपमा संरचनाहरु छैनन ,। उनले आगामी शैक्षीक सत्रदेखी अंग्रेजी माध्यमबाट पनी पढाउने लक्ष्य रहेको बताउँदै उनले चालु आर्थीक वर्षमा प्रदेश सरकारले छुट्याएको १० लाख बजेटमा सम्झौता भएमा विज्ञान प्रविधी सम्बन्धीका सामाग्री खरीद र विधालयको मुख्य गेटको काम अगाडी बढाइने बताए ।

उनले शिक्षाको मापदण्ड अनुसार विद्यालयमा शिक्षकहरुको पनि अभाव रहेको बताए । उनले २०१७ सालमा स्थापना भएको विधालयमा समेत निजी स्रोतबाट शिक्षक राखेर पठनापाठन गराइरहनु परेको गुनासो गरे ।उनले विद्यार्थीको चापलाई मध्यनजर गर्दै शिक्षाको मापदण्डको आधारमा विद्यालयमा अझै १० जना जति शिक्षकहरु आवश्यक रहेको बताए । हाल विद्यालयमा ३५ जना शिक्षक रहेकामा करिब २० जनालाई निजि स्रोतबाट राखिएको विद्यालयका अध्यक्ष बुढाले बताए ।
अक्षयकोष स्थापना
यस्तै अध्यक्ष खम्म बुढाले आफ्ना बुवा, आमा तथा ठुलो बुवा, ठुलो आमा को नाममा विद्यालयमा १ लाख १ हजार १ सय ११ को अक्षयकोष स्थापना गरेका छन ।
उनले स्वर्गिय बुवा खड्ग, स्वर्गिय ठुलो बुवा, ठुलो आमा चन्द्र, पवित्रा र आमा राजुदेवीको नाममा चन्द्र पवित्रा खड्ग स्मृति राजुदेवी बुढा अक्षयकोष स्थापना गरेका हुन । बिधालयमा गरिब , बिपन्न र जेहेन्दार बिधार्थीहरुलाई छात्राबृति प्रदान गर्ने उद्देश्यका साथ अक्षय कोषको स्थापना गरेका उनले बताएका छन् ।
यसैगरी गोदावरी नगरपालिका – ६ भुयराका डिल्लीराज बडु र कुमारी देवी बडुले १ लाख १ हजार १ सय ५ रुपैया बराबरको डिल्लीराज कुमारी देवी बडु अक्षयकोष स्थापना गरेका छन भने गोदावरी नगरपालिका – ७ का स्थानिय गौरीलाल ओझाले १ लाख १ हजार बराबरको भिमदत्त गोमती ओझा स्मृति अक्षयकोष स्थापना गरेका छन ।
त्यस्तै गोदावरी – ६ बडेहाका खगराज पाठक र डम्मरी देवी पाठकले रु। १ लाख १ रुपैया बराबरको गणेश सारदा स्मृति अक्षयकोष स्थापना गरेका छन । विद्यालयमा स्थापित अक्षयकोषले विद्यालयमा अध्ययनरत अति विपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने विद्यालयले जनाएको छ ।
नयाँ निर्मित भवन उद्घाटनका साथै कार्यक्रममा गोदावरी नगरपालिकाको अनुदानमा निर्मित विज्ञान प्रयोगशाला र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट अनुदान प्राप्त आई।सि।टी प्रणालीको पनि उद्घाटन गरिएको छ । शैलेश्वरी माध्यामिक बिधालय ब्यवस्थापन समितिका अध्यक्ष खम्ब बुढाको सभापतित्वमा भएको भवन उद्घाटन कार्यक्रममा मन्त्री सोडारी प्रमुख अतिथी र राज्यमन्त्री चौधरी बिशिष्ट अतिथी रहेका थिए । कार्यक्रममा विधालयका पुर्व प्रधानाध्यापक सहित ,जेहेन्दार विधार्थीलाई समेत सम्मान गरिएको थियो ।