
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका भित्र रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न आज गोदावरी नगपालिका र भूमिसम्बन्धी समस्या समाधान आयोग बिच सम्झौता हुने भएको छ । आयोगमार्फत यसअघि भएका कामलाई पुनः अगाडी बढाउन नगरपालिका र आयोग बिच सम्झौता हुन लागेको हो ।












