डोटीका ४७.९८ प्रतिशतले मात्र लगाए कोरोना खोपको दोस्रो डोज

Image
maya metro

डोटी – डोटीका ४७.९८ प्रतिशतले मात्र कोरोना खोपको दोस्रो डोज लगाएका छन् । जिल्लाका एक लाख ८ हजार ९४ जनालाई खोप लगाउँने लक्ष रहेकोमा हाल सम्म ९१ हजार ३ सय ४० जनाले पहिलो डोज लगाएका छन् भने ती मध्य ६१ हजार ४ सय ६२ जनाले मात्रै खोपको दोस्रो डोज लगाएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार २०७७ माघ १४ देखि हाल सम्म लक्षित जनसंख्या (१८ वर्ष माथी) मध्य जिल्लाका ७१.३१ प्रतिशतले खोपको पहिलो डोज र ४७.९८ प्रतिशतले दोस्रो डोज लगाएका छन् ।

nisarga

१८ वर्ष भन्दा माथीको लक्षित जनसंख्या मध्य ६६ हजार ६ सय ३२ जनाले अझै पूर्ण खोप लगाएका छैनन् ।

जोरायल गाउँपालिकाको लक्षित जनसंख्या १३ हजार २ सय मध्य पहिलो खोप १० हजार ८ सय २९ जनाले लगाएका छन् भने दोस्रो खोप ८ हजार ५ सय ८३ जनाले मात्रै लगाएका छन् । बोगटान गाउँपालिकाको लक्षित जनसंख्या १० हजार ७ सय ५५ मध्य पहिलो खोप ६ हजार ५ सय ६ जनाले लगाएका छन् भने दोस्रो डोज ३ हजार ५ सय ८४ जनाले मात्र लगाएका छन् ।

त्यस्तै पूर्वीचौकी गाउँपालिकाको लक्षित जनसंख्या १३ हजार ३ सय ७५ मध्य पहिलो खोप ८ हजार ९ सय ४५ जनाले लगाएका छन् भने दोस्रो डोज ४ हजार एक सय ५४ जनाले मात्र लगाएका छन् ।

बडीकेदार गाउँपालिकाको लक्षित जनसंख्या १० हजार ७६ मध्य पहिलो खोप ६ हजार ९ सय ७९ जनाले लगाएका छन् भने दोस्रो खोप ४ हजार ५ सय ५८ जनाले मात्र लगाएका छन् । दिपायल सिलगढी नगरपालिकाको लक्षित जनसंख्या २२ हजार ४ सय ३६ मध्य पहिलो खोप १८ हजार ४ सय २९ र दोस्रो खोप १४ हजार ३ सय ३१ जनाले मात्र लगाएका छन् । सायल गाउँपालिकाको लक्षित जनसंख्या ११ हजार ६ सय ४१ मध्य पहिलो खोप ७ हजार १ सय ६९ र दोस्रो डोज ३ हजार ६ सय ५० जनाले मात्र लगाएका छन् ।

शिखर नगरपालिकाको लक्षित जनसंख्या १९ हजार ५ सय ८८ मध्य पहिलो खोप १४ हजार १ सय ३४ जनाले लगाएको पाइन्छ भने दोस्रो डोज १२ हजार १६ जनाले मात्र लगाएका छन् । आदर्श गाउँपालिकाको लक्षित जनसंख्या १४ हजार ५ सय २४ मध्य पहिलो खोप ९ हजार ७ सय ११ र दोस्रो डोज ६ हजार ६१ जनाले मात्र लगाएका छन् । त्यस्तै केआईसिंह गाउँपालिकाको लक्षित जनसंख्या १२ हजार ४ सय ९९ मध्य पहिलो खोप ८ हजार ६ सय ३८ जनाले लगाएका छन् भने दोस्रो खोप ४ हजार ५ सय २७ जनाले मात्र लगाएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।