
अत्तरिया – आइतबार सुदूरपश्चिम प्रदेशमा थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४५ जनाको नमूना ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ५३ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।
यस्तै महाकाली अस्पतालमा १५ जनाको पिसीआर परीक्षण गरिएकोमा ९ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ। यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४८ हजार ८ सय ७२ पुगेको छ। प्रदेशमा पछील्लो २४ घण्टामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।
















