विश्वमा एकै दिन करिब साढे १८ लाख कोरोना संक्रमित थपिए

Image
maya metro

पछिल्लो २४ घण्टामा विश्वभर १८ लाख ४८ हजारभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ।

थपिएका नयाँ संक्रमितमध्ये भारतमा मात्र १ लाख ८० हजारभन्दा बढी छ। यस्तै‚ अमेरिकामा ३ लाख ६ हजार, फ्रान्समा झण्डै ३ लाख, इटलीमा १ लाख ५५ हजार, बेलायतमा १ लाख ४१ हजार, अस्ट्रेलियामा १ लाख र अर्जेन्टिनामा ७३ हजारमा संक्रमण देखिएको हो।

nisarga

यस्तै‚ टर्कीमा ६१ हजार, नेदरल्याण्ड्समा ३२ हजार र जर्मनीमा ३० हजार बढी व्यक्तिमा कोरोना पुष्टि भएको छ।

यो अवधिमा विश्वभर ३ हजार बढी कोरोना संक्रमितको मृत्यु भएको छ। जसमध्ये रसियामा ७६३, अमेरिकामा २९८, मेक्सिकोमा २०२ र भियतनाममा २०२ जनाको कोरोनाबाट मृत्यु भएको छ। योसहित विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ लाख ५ हजार पुगेको छ।