सोमबार सुदूरपश्चिममा १५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी

Image
maya metro

अत्तरिया – सोमबार सुदूरपश्चिममा थप १५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७३ नमूनाको एन्टिजेन बिधिबाट कोरोना जाँच गर्दा १ सय ९ र १ सय ४४ नमूनाको पीसीआर बिधिबाट कोरोना जाँच गर्दा ५० जनामा संक्रमण पुष्टि भएको हो ।

nisarga

संक्रमित हुनेमा कैलाली, कञ्चनपुरका ७०/७०, डोटी, डडेल्धुरा, बैतडीका ३/३, बाजुरा, दार्चुलाका २/२, बझाङका १ र अन्य बाह्य जिल्लाका ५ जना रहेका छन । यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४९ हजार ३१ पुगेको निर्देशनालयले जनाएको छ ।निर्देशनालयका अनुसार पछील्लो २४ घण्टामा सुदुरपश्चिमका चारओटा नाका भएर एक हजार ४३७ नेपाली स्वदेश फर्केका छन्।