मानिसमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण (भिडियोसहित)

Image
maya metro

काठमाडौं – अमेरिकाका एक पुरुषमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण गरिएको छ।

अमेरिकाको बाल्टिमोरका ५७ वर्षीय डेभिड ब्यानेटलाई अनुवांशिक रुपमा परिमार्जन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गरिएको हो।

nisarga

युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका चिकित्सकहरूको टोलीले ७ घन्टा लामो शल्यक्रिया गरी मुटुको प्रत्यारोपण गरेका हुन्। प्रत्यारोपण नै व्यानेटको जीवन रक्षा गर्ने एक मात्रै विकल्प भएको चिकित्सकहरुले बताएका छन्।

सुँगुरको मुटु प्रत्यारोपणपछि ब्यानेटको दीर्घ जीवन हुन्छ कि हुँदैन अझै निश्चित भएको छैन्। तर प्रत्यारोपणको तीन दिनमा उनको स्वास्थ्यमा सुधार आएको बताइएको छ।

शल्यक्रिया गर्नु एक दिन अघि ब्यानेटले मर्नु वा प्रत्यारोपण गर्नु एक मात्रै विकल्प आफूसँग भएकाले आफूले प्रत्यारोपणलाई रोजेको बताएका छन्।

एजेन्सी