Attariya Hospital Pvt.Ltd.

सेयर बजार लगातार ओरालाे

padma
milan sunchadi

काठमाडौं – साताको चौथो दिन पनि सेयर बजार ओरालो लागेको छ। आज नेप्से परिसूचक ३८.४५ अंकले घटेर २७ सय ७६.६१ विन्दुमा झरेको छ।

यो साताको सुरुवातदेखि नै नेप्सेले ओरालो यात्रा तय गरिरहेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.५६ अंकले घटेर ५१८.३८ को विन्दुमा ओर्लेको छ।

कारोबार रकम सवा ४ अर्ब रुपैयाँभन्दा बढीको भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। आज वित्त समूह सर्वाधिक २.४२ प्रतिशतले ओरालो लागेको छ।

Siddi ganesh

लगानी समूह २.१ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.२४ प्रतिशत, व्यापार समूहमा १ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.५१ प्रतिशत, विकास बैंक समूहमा १.७ प्रतिशत, जलविद्युत समूहमा १.५८ प्रतिशतले ओरालो लागेको छ। निर्जीवन बीमा समूहमा १.१४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.७५ प्रतिशत, अन्य समूहमा १.१४ प्रतिशत, लघुवित्त समूहमा १.१७ प्रतिशत, जीवन बीमा समूहमा १.८२ प्रतिशत र म्युचुअल फन्ड समूहमा १.१४ प्रतिशतको गिरावट आएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.