डब्लुएचओले भन्यो : ओमिक्रोनको जोखिम घटेको छैन्, हल्लाको पछि नलागौं

Image
maya metro

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोनाको ओमिक्रोन भेरियन्टको जोखिम हटिनसकेको बताएको छ।

पछिल्लो हप्ता २ करोड १० लाखभन्दा बढी नयाँ संक्रमित थपिएको भन्दै डब्ल्युएचओले ओमिक्रोन भेरियन्टको जोखिम कम भएको भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेको छ।

nisarga

उसले ओमिक्रोनको प्रभाव र संक्रमणदर अझै उच्चस्तरमा रहेको जनाएको छ। एक हप्तामा विश्वभर कोरोनाबाट ५० हजारभन्दा बढीको मृत्यु भएको डब्ल्युएचओको तथ्यांक छ। एक साप्ताहिक रिपोर्ट सार्वजनिक गर्दै डब्ल्युएचओले विश्वका अधिकांश देशमा ओमिक्रोनको प्रभाव रहेको जनाएको छ। साथै तीव्र गतिमा फैलिन सक्ने क्षमता रहेको यो भेरियन्टले डेल्टालगायतका अन्य भेरियन्टलाई धेरै पछाडि छाडेको पनि उल्लेख गरेको छ।

तर यसबाट हुने अस्पताल भर्ना हुने बिरामी र मृत्युदर भने कम रहेको उसको भनाइ छ। डब्ल्युएचओकाअनुसार यो अवधिमापूर्वी भूमध्यसागर क्षेत्रमा सर्वाधिक ३९ प्रतिशत संक्रमित थपिएका छन्। त्यस्तै दक्षिण पूर्वी एसियामा क्षेत्रमा ३६ प्रतिशत र युरोपमा १३ प्रतिशत संक्रमित थपिएका छन्।

गतहप्ता सबैभन्दा धेरै अमेरिकामा ४२ लाख १५ हजारभन्दा बढी संक्रमित थपिएका छन्। यस्तै फ्रान्समा २४ लाख ४३ हजार र भारतमा २१ लाख १५ हजार संक्रमित थपिएका छन्।