
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियास्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयले सुदूरपश्चिम प्रदेशस्तरीय छात्र तथा गोदावरी नगरपालिकास्तरीय छात्रा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । विद्यालय तहअन्तर्गत कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गरी आयोजना गर्न लागिएको प्रतियोगिता यहि असोज १४ गतेदेखि सञ्चालन हुने विद्यालयले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
विद्यार्थीको खेल प्रतिभा पहिचान गरी खेलाडीलाई अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिदत्त भट्टराईले बताएका छन् । क्षमता भएर पनि अवसरबाट बन्चित भइरहेका विद्यार्थीहरुका लागि यो प्रतियोगिता कोशेढुंगा सावित हुने आफूहरुको विश्वास रहेको विद्यालयका प्रधानाध्यापक विरसिहं महताले बताए । दुर्गालक्ष्मी नमुना माविले खेलमार्फत अन्य विद्यालयसंग जोडिन चाहेको बताउँदै विद्यालयस्तरबाटै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने आफूहरुको लक्ष्य रहेको उनले बताए ।

छात्र भलिबल प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका तथा छात्रा भलिबल प्रतियोगितामा गोदावरी नगरपालिका भित्रका निजी तथा सरकारी जुनसुकै विद्यालयले पनि सहभागिता जनाउन सक्ने प्रविद्यालयको अतिरिक्त क्रियाकलाप समितिका संयोजक एवम् प्रतियोगिता संयोजक शिक्षक सुरेन्द्र सिंह धामीले बताए । उनका अनुसार छात्र भलिबल प्रतियोगितामा सहभागी हुन ७ हजार र छात्रा भलिबल प्रतियोगितामा सहभागी हुन ३ हजार दर्ता शुल्क लाग्नेछ ।
दर्ता रकम विद्यालयको बैंक खातामा जम्मा गर्न सकिनेछ । प्रतिायोगिता सम्बन्धि आवश्यक सुचना तथा फाराम विद्यालयको वइबसाइटमा उपलब्ध रहने छन् । अन्यत्र जिल्लावाट पाल्ने सहभागीलाई बासको विकल्पको रूपमा सामान्य सुविधा सहितको विद्यालय भवनमा रहेको कोठा वा हल उपल्वध गराउन सकिने धामीले बताएका छन् । अग्रिम जानकारी गराएमा सशुल्क खानाको व्यवस्थामार्फत गर्न सकिने र अन्यथा खाने बस्ने व्यवस्था सहभागी विद्यालय आफैले गर्नु पर्नेछ । संयोजक धामीका अनुसार सम्पुर्ण खेलाडीहरू सम्बन्धित विद्यालयको शौक्षिक सत्र २०८३मा नियमित विद्यार्थी हुनु पर्नेछ ।
प्रत्येक टिममा २ जना अफिसियल सहित अधिक्तम ९ जना खेलाडी रहने छन् । भलिबलका खेलहरू नेपाल भलिबल एसोसिएसनको नियम अनुसार खेलाईने छन् । सहभागि हुने खेलाडीको अन्तिम जन्म मितिः २०६४।०१।०१ हुनु पर्नेछ । कार्यक्रम स्थलमा आउदा रहदा प्रत्येक खेलाडीले सम्बन्धित विद्यालयको परिचयपत्र घाँटिमा अनिरवार्यरूपमा झुण्ड्याउनु पर्ने छ ।
खेलको दौरान कुनै खेलाडीलाई चोटपटक लागेमा प्राथमिक उपचार बाहेक कुनै गम्भिर चोटपटक लागी अस्पताल भर्ना भई उपचार गराउनु पर्ने भएमा स्वयम विद्यालय जिम्मेवार हुने संयोजक धामीले बताएका छन् । आगामी कात्र्तिक ५ गते बेलुकी ४ बजेसम्म टिम दर्ता गर्न सकिने जनाइएको छ ।
छात्र भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५१ हजार १११ रुपैयाँ, ट्रफि, मेडल तथा प्रमाणपत्र, द्धितिय हुने टिमलाई ७५ हजार १११ नगदसहित ट्रफि, मेडल तथा प्रमाणपत्र र तृतिय हुने टिमलाई ३२ हजार १११नगदसहित ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिने विद्यालयले जनाएको छ ।
त्यस्तै छात्रा भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई ५१ हजार १११ रुपैयाँ, ट्रफि, मेडल तथा प्रमाणपत्र, द्धितिय हुने टिमलाई २५ हजार १११ नगदसहित ट्रफि, मेडल तथा प्रमाणपत्र र तृतिय हुने टिमलाई १२ हजार १११ नगदसहित ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिने विद्यालयले जनाएको छ । त्यस्तै दुवै खेलका उत्कृष्ट खेलाडीलाई ५ ५ बजार नगदसहित ट्रफि, मेडm र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा सहभागीता जनाउन विद्यालयले सबै विद्यालयहरुलाई आग्रह गरेको छ ।















