
कञ्चनपुर – कञ्चनपुरमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका करिब ३ लाख ९५ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको छ।
बेदकोट नगरपालिका–७ हजारा बस्ने ४० वर्षीय हरिश साउँदले भारतबाट भन्सार छली गरी ल्याएर घरमा लुकाइछिपाइ राखेको अवस्थामा करिब ३ लाख ५ हजार ६ सय रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

बरामद सामानमा नरिवल पाउडर, मिल्क केक, मिठाई, सोन पापडी, नमकिन, प्लास्टिक झोला, रबरको कट्टा, रसभरी मिठाई तथा पूजा सामग्रीलगायत छन्। प्रहरीले साउँदलाई पनि सामानसहित बिहीबार दिउँसो नियन्त्रणमा लिएको छ।
यस्तै कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका करिब ९० हजार रुपैयाँ बराबरका पेय पदार्थ, हार्डवेयरलगायतका सामान बेवारिसे अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको छ।















