अछाममा ट्याक्टरको ट्रालीबाट खसेर एक जनाको मृत्यु

Image
maya metro

अछाम – अछाममा ट्याक्टरको ट्रालीबाट खसेर एक जनाको मृत्यु भएको छ।

पञ्चदेवल विनायक नगरपालिका–७ स्थित कच्ची सडकखण्डमा बिहीबार राति सरिया बोकेर गइरहेको ट्याक्टरको ट्रालीबाट खसेर ५० वर्षीय कृतसिंह घर्तीमगरको मृत्यु भएको हो।

nisarga

भवानीदेवी माध्यमिक विद्यालयका लागि सरिया लोड गरी कर्णाली ०२–००१ त ०२३१ नम्बरको ट्याक्टर उकालो सडकमा गुडिरहेका बेला ट्रालीबाट खसेका घर्तीमगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि ट्याक्टर चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।