नयाँ भेटिएको नियोकोभ कोरोना भाइरसबारे थप अध्ययन आवश्यक : डब्लुएचओ

Image
maya metro

काठमाडाैं – विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले दक्षिण अफ्रिकामा भेटिएको नियोकोभ कोरोना भाइरसबारे थप अध्ययन आवश्यक रहेको बताएको छ।

चीनका अनुसन्धानकर्ताहरुले दक्षिण अफ्रिकाको चमगादडोमा एक नयाँ कोरोना भाइरस फेला पारेका थिए। यो भाइरस हाल जनावरहरूका बीचमा तीव्र रुपमा फैलिइरहेको छ।

nisarga

एक अध्ययनमा शोधकर्ताहरुले यो भाइरस भविष्यमा मानिसका लागि निकै खतरनाक साबित हुन सक्ने बताएका बीबीसीले उल्लेख गरेको छ।

कोरोना भाइरस अलग–अलग किसिमको भाइरसहरूको समूह बन्ने र सामान्य रुघाखोकीदेखि गम्भीर स्वासप्रश्वास सम्बन्धी समस्या निम्त्याउन सक्ने बताइएको छ। डब्ल्युएचओले हालै भेटिएको नियोकोभबारे जानकारी प्राप्त भएको र मानव स्वास्थ्यका लागि कति खतरनाक छ भन्नेबारे थप अनुसन्धान आवश्यक रहेको बताएको छ।

उसले भनेको छ, ‘मानिसमा देखिने सबैजसो संक्रामक रोगको ७५ प्रतिशतभन्दा बढी स्रोत जनावर हुन्। खासगरी जंगली जनावर भाइरसको ठूलो स्रोत हुन्। दक्षिण अफ्रिकाको चमगादडो पनि कयौँ प्रकारका भाइरसहरूको प्राकृतिक भण्डारको रुपमा रहेको छ।’

अध्ययनअनुसार नियोकोभ कोभिड–१९ भाइरस जसरी मानवीय कोशिकासँग जोडिन सक्छ। डब्ल्युएचओले भनेको छ, ‘नियोकोभ एउटा मात्रै नयाँ म्युटेसनमा गए मानिसका लागि खतरनाक बन्न सक्छ। तर यसको अध्ययन र समीक्षा अझै बाँकी छ।’

शोधकर्ताका अनुसार नियोकोभ भाइरस मिडिल इस्ट रेसपाइरेट्री सिन्ड्रोम एमईआरएस–मर्ससँग मेल खान्छ।

यो भाइरसबाट संक्रमित बिरामी सबैभन्दा पहिले साउदी अरबमा भेटिएका थिए। मर्स–कोभ भाइरसको मृत्युदर अत्यधिक धेरै छ। यसमा प्रत्येक ३ जना संक्रमितमध्ये एकजनाको मृत्यु हुन्छ। तर यसको संक्रमणदर भने कोरोना भाइरसको सार्स–कोभ–दुईभन्दा कम छ।