जंगली च्याउ खोज्न गएकी सरिता उधमी बन्ने सोच लिएर फर्किइन्

Image
maya metro

अत्तरिया – कहिले पात टिपेर ल्याउनेहरुको हिसाब गर्न थाल्छीन्,कहिले गाँसीएका दुना र टपरीको संख्या गन्न थाल्छीन्,कहिले कसो दुना टपरी बनाउने तालीममा प्रशिक्षण गरिदिनु पर्यो भनेर खबर आयो भने मेलोमेसो मिलाएर त्यतै जान्छीन् । कैलालीको धनगढी उपमहानगरपालीका १४ एच गाँउमा न्यु फुलबारी दुना टपरी उधोग संचालन गर्दै आएकी सरिता बुढामगरको दैनीकी अपवाद बाहेक यस्तै गरि बित्छ ।

चार वर्षअघि धनगढीमा दुना टपरी उधोग संचालन गरेकी उनी अहिले दुना टपरी उधोगकै काममा व्यस्त हुन्छीन् । आफुले सुरुवात गरि आफैले हुर्काएको उधोग भएर पनी होला उनलाई दुना टपरी उधोगको सन्तानको झैँ माँया लाग्छ । उनी भन्छीन् “मेरो मनमा उधोगको लागी सन्तानको झैँ माया छ ,पहिलो मायाँ बच्चालाई अनी उधोगलाई,जता जाँदा पनी मनमा उधोग नै हुन्छ ।” चार वर्षअघी सरिता जंगली च्याउ खोज्न भनी टोलका महिलाहरु संग जंगलतिर गईन् ।

nisarga

बाक्लो जंगलमा उनले लहलाएका सालका पात देखीन,सालका पात देखेपछी उनलाई आफुले केहि वर्षअघी सिकेको दुना टपरी तालीमको सम्झना आयो । सरिताले त्यतिबेलै सपना बुनीन,“अब दुना टपरी उधोग खोल्छु र उधमी बन्छु”। केहि समयपछी चाँजोपाँजो मिलाएर उनले धनगढीमै दुना टपरी उधोग खोलीन । कामको शिलशिलामा श्रीमान संगै भारतमा बस्दै आएकी सरिताले दुना टपरीको उधोग खोलेपछी सुरुका दिनमा कति मान्छेले खिसी समेत गरे ।

सरिता भन्छीन “एस्ता पात टिपेर पनी कहिले मान्छे उभो लाग्ला र भनेर गिज्याउने समेत गरे तर अहिले पात टिप्ने,पट्याउने,गाँस्ने र मेसिन चलाउने गरि दैनीक आठ दश जना देखी तिस चालीस जना सम्म काम गर्ने मान्छे हुन्छन् मेरो उधोगमा ।” करिब एकलाख लगानीबाट सुरु गरेको उनको उधोगमा अहिले सात लाख माथी लगानी पुगीसकेको छ । उधोगमा उत्पादन भएका दुना टपरी धनगढी,अत्तरिया र कैलालीका विभीन्न बजार हुँदै काठमाडौँ सम्म पठाउने उनले काम गर्न आउने मान्छेलाई पीसका हिसाबले ज्याला दिने गरेकी छन् ।

कसैले जंगलबाट पात टिपेर ल्याँउछन उनीहरुले कट्टाको हिसाबले ज्याला लिन्छन् त उधोगमै बसेर दुना टपरी गाँस्ने मान्छेले पीसको हिसाबले ज्यालो पाँउछन् । उधोगमा व्यवस्थापनमा सहजताका लागी उनले सहकर्मी राखेकी छन् । कतै दुना टपरी बनाउने तालीम दिनु पर्यो वा अन्य काम पर्यो भने उनी सहकर्मीकै जीम्मा छोडेर जान्छीन् । उनले संचालन गरेको दुना टपरी उधोगले एकातिर रोजगारी सिर्जना गरेको छ भने अर्कोतिर स्वदेसी र स्थानीय उत्पादनलाई बढावा गरेको छ ।

सिजन अनुसार व्यापारमा घटबढ हुने भएपनी महिनामा बिस हजार सम्म चोखो आम्दानी आफुलाई रहने उनले बताईन् । उनले भनीन् “ यतिले मेरो घरखर्च सहजै चल्छ,पुग्न त मान्छेलाई जतीभएपनी पुग्दैन,आफै मालीक आफै कामदार बनेकी छु,मैले मेरो खर्चका लागी कसैसंग हात थाप्नुपर्दैन यसैमा खुसी छु ।” प्लास्टीक रहित सहर बनाउने उदेश्यका साथ पनी अहिले आफुलाई धेरै नाफा नराखी बजारमा सस्तोमै सामान बिक्री गर्ने गरेको उनले बताईन् । घरपरिवारको पुर्ण साथ पाएकी उनको कामको मुंल्याकन सुरुवातका समयमा भएन् । उनले दुना टपरी बनाएर भकारोमा पनी फालीन् ।

त्यो समयमा दुना टपरीको खासै सिस्टम नभएका कारण बिक्री नभएको उनले सुनाईन् । सबैले प्लास्टीककै सामानहरु प्रयोग गर्ने उनले भनीन् सालका दुना टपरीको त कुनै बजार नै थिएन अहिले त सिजनको समयमा सामान पुर्याउनै धौ धौ हुन्छ । प्लास्टीकको तुलनामा सालको पातबाट बनेका दुना टपरी सस्तो र वातावरण मैत्री भएको उनले बताईन् ।

बिहे,ब्रतबन्ध,अन्नप्रासन, चाडपर्व लगाएत मर्दापर्दाका सबै काममा आवश्यक पर्ने हुँदा बढीजसो भारतिय बजारबाट आयातित हुने प्लास्टीकका सामानलाई बिस्थापीत गर्न सके दुना टपरीको बजार राम्रो बन्ने सरिताको बुझाई छ । नेपाल बाहिरबाट आयातित हुने प्लास्टीकका सामान हटाएर स्थानीय स्तरमै सालको पातबाट बनेका दुना टपरीहरु प्रयोग गर्नुपर्छ भनेर अहिले आएर धारणा बन्न थालेको उनले बताईन् ।

चार पाँच वर्षअघि सम्म दुना टपरीको बजार नभएपनी पछील्लो समय बिस्तार हुँदै गएको छ उनले भनीन् ग्राहकको माग अनुसार हामीले पनी पुर्याउन सक्यौभने बिस्तारै बजार बिस्तार हुन्छ।”