अस्ट्रेलियालाई हराउँदै भारत विश्व कप क्रिकेटको फाइनलमा

Image
maya metro

काठमाडौं – अष्ट्रेलियालाई हराउँदै भारत आईसीसी यू–१९ एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। अब उपाधिका लागि भारत र इंग्ल्याण्ड भिड्ने भएका छन्। इंग्ल्याण्ड यसअघि नै फाइनलमा पुगिसकेको छ।

वेस्टइन्डिजमा जारी प्रतियोगितामा अष्ट्रेलियालाई ९६ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएका हो। भारतका लागि कप्तान यस धुलले ११० रनको शतकीय पारि खेले। यस्तै उप कप्तान शेख रशिद ९४ रनमा आउट भएका थिए। २९१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ४१ दशमलव ५ ओभरमा १९४ रन बनाएर रोकिको थियो। अष्ट्रेलियाका लाचलन शा ले ५१ रन बनाए। फाइनल खेल फेब्रुअरी ५ तारिखमा हुने छ।

nisarga

टस जितेर पहिला ब्याटिङ गरेको भारतको सुरुआत भने राम्रो रहेन। भारतले ३७ रन बनाउँदा दुबै ओपनर्स अंगकृष रघुवंशी र हरनूर सिंह आउट भएका थिए। त्यसपछि रशीद र यशले तेस्रो विकेटका लागि २०४ रनको साझेदारी भएपछि भारत राम्रो स्कोरमा अघि बढेको थियो।

ज्वाफी ब्याटिङ गरेको अष्ट्रेलियाको शुरुआत पनि खराब नै रह्यो। ३ रन हुँदा पहिलो विकेट गुमाएको थियो। त्यसपछि केपवल केलावे र कोरि मिलरले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गर्दै टिम सम्हाल्ने प्रयास गरेका थिए। केप वेल ३० रन बनाएर आउट हुँदा लाचलन शाले ५१ रन जोडेका थिए। ज्याक सिनफिल्डले २० तथा टम व्हानटनीले १९ रन बनाएका थिए। भारतका लागि विक्की ओस्तवालले ३ विकेट लिएका थिए।

मंलगबार भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई हराउँदै इङ्ग्ल्यान्ड २४ वर्षपछि फाइनलमा पुगेको छ। अहिलेसम्म भारतले सर्वाधिक ४ पटक र अस्ट्रेलियाले तीन पटक १९ वर्षमुनिको विश्व कप जितेका छन्।