जाल्पा सामुदायिक लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला

Image
maya metro

काठमाडौं – जाल्पा सामुदायिक लघुवित्तको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) आजबाट बिक्री खुला भएको छ। आजदेखि बिक्री खुला भएको आईपीओमा २५ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले प्रति कित्ता १०० सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख रूपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशन गरेको हो। जसमध्ये ८ हजार कित्ता शेयर कम्पनीको कर्माचारीहरुको लागि छुट्याइएको छ भने २६ हजार १ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ। बाँकी रहेको ४ लाख ८७ हजार ९ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्।

nisarga

कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

हाल लघुवित्तको चुक्ता पुँजी १० करोड ७८ लाख रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पुँजी १६ करोड पुग्नेछ।