पछील्लो २४ घन्टामा विश्वभरी २८ लाख बढी कोरोना संक्रमित थपिए

Image
maya metro

पछिल्लो २४ घण्टामा विश्वभर थप साढे २८ लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ।संक्रमण पुष्टी भएका मध्य अमेरिकामा २ लाख ५७ हजार जना रहेका छन् ।

यस्तै, फ्रान्समा २ लाख ४१ हजार, जर्मनीमा २ लाख ३५ हजार, ब्रजिलमा २ लाख १९ हजार, रसियामा १ लाख ६८ हजार, भारतमा १ लाख २५ हजार, टर्कीमा १ लाख ११ हजार, जापानमा १ लाख ३ हजार र इटलीमा १ लाखमा संक्रमण पुष्टि भएको छ।

nisarga

यस अवधिमा अमेरिकामा २ हजार ४६१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यस्तै‚ ब्रजिलमा १ हजार ६८, भारतमा १ हजार ५६, रसियामा ६८२, मेक्सिकोमा ६४८, इटलीमा ४३३, फ्रान्समा ३५५, अर्जेन्टिनामा २८७ र बेलायतमा २५४ जनाको मृत्यु भएको छ। योसहित विश्वभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्य ५७ लाख ४२ हजार नाघेको छ।