
अत्तरिया – नेकपा एमालेको गोदावरी नगरपालीका वडा नम्बर ४ को पार्टी कार्यालय उद्घाटन गरिएको छ । शनीबार एक औपचारीक कार्यक्रमकाबिच गोदावरी नगरपालीकाका प्रमुख एवम् नेकपा एमालेका प्रदेश सदस्य हरिसिहं साँउद र नेकपा एमालेका गोदावरी नगर कमिटी अध्यक्ष गोकर्ण भट्टले संयुत्त रुपमा रिबन काटेर पार्टी कार्यालयको उद्घाटन गरेका हुन् ।
एमाले गोदावरी वडा नम्बर ४ का अध्यक्ष रविन्द्र रोकामगरको अध्यक्षतामा सम्पन्न भएको उत्त कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख साँउद र विशिष्ट अतिथी अध्यक्ष भट्ट रहेका थिए ।

यस्तै कार्यक्रममा प्रदेस कमिटिका सदस्यहरु मदन शर्मा ,राम थापा, चक्र बोहरा जिल्ला कमिटिका सदस्य हरु,नगर पधाधिकारि तथा सदस्य हरु, वडा न ६ अध्यक्ष सन्तोष सिंह ,राष्ट्रीय युवा संघ नेपालका उपसचिब नबराज आचार्य लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै गोदावरी नगरपालीकाका प्रमुख एवम् नेकपा एमालेका प्रदेश सदस्य हरिसिहं साँउदले वडा कमिटीको आफ्नै भवनमा पार्टीका कार्यक्रमहरु आयोजना गर्न सहज हुने बताए ।































