प्रेस चौतारी कैलालीको कार्यसमिति एकलौटी ढंगले चयन गरिएको भन्दै अधिवेशन बहिस्कार

Image
maya metro

अत्तरिया – प्रेस चौतारी कैलालीको सातौं जिल्ला अधिवेशन एकलौटी ढंगले चयन गरिएको भन्दै केही सदस्यले बन्दसत्र बहिस्कार गरेका छन ।प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यमा चौतारी कैलालीको जिल्ला अधिवेशन मंगलबार उद्घाटन गरिएको थियो । बन्दसत्रमा एकलौटी ढंगले समिति चयन गरिएको भन्दै असन्तुष्ट पक्षले विरोध जनाउँदै बन्दसत्र बहिस्कार गरेका हुन ।

बन्दसत्रमा छलफल नै नगरी एकलौटी ढंगले समिति चयन गरिएको उनीहरुको आरोप छ ।बैठक बहिस्कार गरेका धुर्व ओझाले एकलौटी नयाँ कार्यसमिति चयन गरिएपछि बैठक बहिस्कार गरेको बताए ।उनले अध्यक्षमा भानुभक्त आचार्य, उपाध्यक्षमा निराजन परियार, सचिवमा जनक बिष्ट, सह–सचिव प्रेम बिष्ट र कोषाध्यक्षमा लोक सिह ठकुरीको नाम एकलौटी ढंगले घोषणा गरिएको बताए ।

nisarga

उक्त एकलौटि गरिएको घोषणामा आफू लगायतका आधा दर्जन सदस्यले बिरोध जनाउँदै बैठक बहिस्कार गरेको उनले बताए ।

उपाध्यक्षमा पदमराज ओझा, सचिवमा धुर्ब ओझा र जीवन बिष्टले आकांक्षा राखेका भएपनि समिती चयनकालागी गठीत अध्यक्ष मण्डलले आफुहरुको कुरै नसुनी नयाँ कार्यसमिति घोषणा गरेको उनीहरुको आरोप छ ।

अध्यक्षमा निर्वाचित आचार्यले भने कार्यसमिति चयनमा त्यस्तो बिवाद नभएको बताए । उनले सबैलाई मिलाएर लैजाने क्रममा केही सामान्य असन्तुष्टि भएपनि आगामी दिनमा सबैलाई मिलाएर लैजाने बताए ।

सम्बन्धीत समाचार : https://www.sudurtimes.com/archives/29957