विश्वभर पछिल्लो २४ घण्टामा २१ लाख १६ हजार संक्रमित थपिए

Image
maya metro

विश्वभर पछिल्लो २४ घण्टामा २१ लाख १६ हजार कोरोना संक्रमित थपिएका छन्।  यो सँगै विश्वभर कोरोना संक्रमितको संख्या ४० करोड २६ लाख ६ हजार पुगेको छ।

पछिल्लोपटक जर्मनीमा २ लाख १२ हजार, ब्राजिलमा १ लाख ७१ हजार ४००, रुसमा १ लाख ६५ हजार, अमेरिकामा १ लाख ४२ हजार ९००, टर्कीमा १ लाख ११ हजार, इटलीमा १ लाख १ हजार ८, भारतमा ६९ हजार ४०० जना संक्रमित भएका

nisarga

सोही अवधिमा १० हजार ९०० जना कोरोना संक्रमितको मृत्यु भएको छ। जसमध्ये अमेरिकाका २ हजार २००‚ भारतमा १ हजार २०० र ब्राजिलमा १ हजार १०० जना रहेका छन्। रुसमा ६००, इटलीमा ३००, स्पेनमा ३०० जनाको मृत्यु भएको छ। योसँगै विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ लाख ८० हजार पुगेको छ। हाल विश्वभर ७ करोड ४१ लाख ८७ हजार ७०० सकृय संक्रमित छन्।