कैलालीमा कर्मचारीलाई मोसो दल्ने विप्लव कार्यकर्ता सार्वजनिक

Image
maya metro

धनगढी – कैलालीमा वन कर्मचारीलाई कालो मोसो दल्ने प्रहरीद्वारा पक्राउ गरी एकजनालाई सार्वजनिक गरेको छ। कर्मचारीलाई कालो मोसो दलेर फरार रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकर्ता समेत रहेका पहल पुनमगरलाई सार्वजनिक गरिएको हो।

वन कर्मचारीलाई कालो मोसो दलेको आरोपमा कैलारी गाउँपालिकाबाट मंगलबार बिहान ५ बजे उनी पक्राउ परेका थिए। डिभिजन वन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितलाई मोसो दलेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

nisarga

आफूहरु विप्लवको कार्यकर्ता भन्दै यहि माघ १७ गते पण्डितलाई कालोमोसो दलिएको थियो। उनीहरुले चन्दा आतंकको विरोध गरेको भन्दै एक्कासी दुव्र्यवहार गरेको पण्डितले बताएका थिए। उक्त सव डिभिजनअन्तर्गत पर्ने कैलालीका सामुदायिक वनमा विप्लवका कार्यकर्ताले चन्दा असुली गर्दै आएका छन्। सामुदायिक वनमा आफूले तोकेको रकम चन्दास्वरुप नदिएमा भौतिक कारबाही गर्ने धम्की दिन थालेपछि सामुदायिक वनहरुले समूहमा निर्णय गरेर नेपाल कम्युनिष्ट पार्टीलाई लाखौं रकम चन्दा दिएका छन्।