विश्वभर पछिल्लो २४ घण्टामा २३ लाख ४८ हजार संक्रमित थपिए,१० हजार संक्रमितको मृत्यु

Image
maya metro

विश्वभर पछिल्लो २४ घण्टामा २३ लाख ४८ हजार संक्रमित थपिएका छन् । यो संगै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या साढे ४० करोड नाघेको छ। २३ लाख ४८ हजार संक्रमित थपिएसँगै संक्रमितको संख्या ४० करोड ६१ लाख पुगेको हो।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै जर्मनीमा २ लाख ४७ हजारजनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै‚ अमेरिकामा १ लाख ३३ हजार, ब्राजिलमा १ लाख ६९ हजार, फ्रान्समा १ लाख ५३ हजार, रसियामा १ लाख ९७ हजारमा संक्रमण भएको छ।

nisarga

सोही अवधिमा विश्वभर करिब १० हजार जना कोरोना संक्रमितको मृत्यु भएको छ। जसमध्ये अमेरिकामा १ हजार ८००‚ भारतमा ६५९‚ ब्राजिलमा ८२८, फ्रान्समा ३१०, रसियामा ७०१‚ टर्कीमा २६४, इटलीमा ३२५ जनाको मृत्यु भएको छ। योसँगै विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ लाख पुगेको छ।