अपि सैपाल सहकारीको अध्यक्षमा पुनः रोकाया

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. २ मा रहेको अपि सैपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः बसन्त रोकाया चयन भएका छन ।

संस्थाको शुक्रबार सम्पन्न भएको १२ औ साधारण सभा एवम् पाँचौ अधिवेशनबाट अध्यक्षमा पुनः रोकाया सर्वसम्मत चयन भएका हुन ।

nisarga

नयाँ चयन भएको कार्यसमितिको उपाध्यक्षमा बालकृष्ण प्रसाई, सचिवमा मदनराज शर्मा र कोषाध्यक्षमा भरत बहादुर खत्री रहेका छन भने सदस्यहरुमा डाक्टर नरबहादुर मौनी, विर सिँ कार्की र छविराज पाण्डेय रहेका छन ।

अधिवक्ता विर बहादुर जेठाराको संयोजकत्वमा गठित ३ सदस्यीय निर्वाचन समितिले अधिवेशनको बन्दसत्रबाट संस्थाको पुरानै कार्यसमितिलाई पुनः दोहोर्याएको हो ।