आज आयरल्याण्डसँग खेल्दै नेपाल

Image
maya metro

ओमानमा जारी चार देशीय टी–२० क्रिकेट शृंखलाअन्तर्गत आज नेपालले आयरल्याण्ड आयरल्याण्डसँग खेल्दै छ।

टी–२० विश्वकप छनोटको तयारीको रुपमा यो शृंखला भइरहेको हो। नेपालले आज शृंखलाको अन्तिम खेल खेल्न लागेको हो।

nisarga

पहिलो खेलमा ओमानलाई हराएको नेपाल दोस्रो खेलमा यूएईसँग भने पराजित हुन पुगेको थियो।

त्यस्तै आयरल्याण्डले पनि ओमानमाथि जित हात पार्दा यूएईसँग नै पराजित भएको थियो।

आयरल्याण्डसँग सोमबार हुन लागेको खेल नेपाली समयअनुसार पौने ४ बजे सुरु हुनेछ।

नेपाललले अन्तिमपटक सन् २०१९ मा आयरल्याण्डसँग खेलेको थियो। उक्त खेलमा आयरल्याण्ड विजयी भएको थियो।