विश्वभर कोरोना संक्रमण हुनेभन्दा निको हुने दर बढ्दै

Image
maya metro

विश्वभर कोरोना संक्रमण हुनेभन्दा निको हुने दर बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा १४ लाख नयाँ संक्रमित थपिँदा २५ लाख निको भएका छन्।

पछिल्ला दिनमा विश्वभर सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको छ। अहिले विश्वभर ७ करोड २३ लाख सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ५ हजारको अवस्था जटिल रहेको र बाँकीको सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

nisarga

पछिल्लो २४ घण्टामा थपिएका १४ लाख संक्रमितसँगै विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४१ करोड ३६ लाख पुगेको छ। जसमध्ये ३३ करोड ५४ लाख निको भइसकेका छन् भने ५ लाख ४२ हजारको मृत्यु भएको छ। गत २४ घण्टामा मात्रै ७ हजारको मृत्यु भएको छ।