पछिल्लो २४ घण्टामा विश्वभर १० हजार ३०० जनाको कोरोना संक्रमणबाट मृत्यु

Image
maya metro

पछिल्लो २४ घण्टामा विश्वभर १० हजार ३०० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। जसमध्ये अमेरिकामा १ हजार ९००, ब्रजिलमा १ हजार, रसियामा ७००, भारतमा ५००, फ्रान्समा २७६ जनाको मृत्यु भएको छ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ लाख ६६ हजार पुगेको छ। विश्वभर ३४ करोड ११ लाखभन्दा धेरै संक्रमणमुक्त भएका छन्।

nisarga

यसैबीच पछिल्लो २४ घण्टामा विश्वभर २० लाख ४६ हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै जर्मनीमा छन्। जर्मनीमा २ लाख ३४ हजारमा संक्रमण पुष्टि भएको छ।

यस्तै‚ रसियामा १ लाख ७९ हजार‚ ब्रजिलमा १ लाख ४७ हजार, फ्रान्समा ९८ हजार, टर्कीमा ९४ हजार, अमेरिकामा ८२ हजार, इटालीमा ५९ हजार, बेलायतमा ५४ हजार र भारतमा २८ हजार संक्रमित थपिएका छन्।

योसँगै विश्वभर कोरोना संक्रमितको संख्या ४१ करोड ७८ लाख ८५ हजार पुगेको छ। जसमध्ये अहिले ७ करोड ८७ लाख बढी संक्रिय संक्रमित छन्।