
पछिल्लो २४ घण्टामा १० हजार ९० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृतकमध्ये अमेरिकामा १९ सय ३०, ब्राजिलमा ११ सय १४, रसियामा ७८४, मेक्सिकोमा ४७०‚ दक्षिण अफ्रिकामा ३४३‚ भारतमा ३२५ र फ्रान्समा ३०४ जनाको मृत्यु भएको छ। कोरोनाबाट विश्वभर हालसम्म ५८ लाख ९१ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
यसैबीच पछिल्लो २४ घण्टामा विश्वभर १९ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ। यो अवधिमा सबैभन्दा धेरै जर्मनीमा २ लाख ६ हजार, रसियामा १ लाख ८० हजार र ब्रजिलमा १ लाख २२ हजार संक्रमित फेला परेका छन्।

त्यस्तै, दक्षिण कोरियामा १ लाख ९ हजार, अमेरिकामा १ लाख १ हजार, फ्रान्समा ८२ हजार, टर्कीमा ९१ हजार जनामा संक्रमण भएको छ। हाल विश्वभर ६ करोड ९७ लाखभन्दा बढी सक्रिय संक्रमित छन्।















