
बैतडी – बैतडीमा विद्यार्थी बोकेको टिप्पर दुर्घटना भएको छ। पाटन नगरपालिका–३ झासलमालीमा गुरुडादेखि धुरातर्फ गइरहेको टिप्पर दुर्घटनामा परेको हो। टिप्परमा डेढ दर्जन विद्यार्थी सवार रहेको बुझिएको छ।
टिप्पर सडकबाट करिब १ सय मिटर तल खसेको स्थानीयले बताएका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार प्रहरी टोली घटनास्थलतर्फ गइरहेको छ। थप विवरण आउन बाँकी छ।














