
काठमाण्डाै – टी–२० विश्व कपमा पुग्न असफल नेपालले आज तेस्रो स्थानका लागि खेल्दैछ।
टी–२० विश्व कप क्रिकेट ग्लोबल छनोट अन्तर्गत तेस्रो स्थानका लागि नेपाल र ओमान खेल्न लागेका हुन् । यसअघि नेपालले चारदेशीय सिरिज र समूह चरणको खेलमा ओमानलाई पराजित गरेको थियो।

खेल ओमानको घरेलु मैदान अलअमिरातमा दिउँसो पौने चार बजे सुरु हुनेछ ।
















