होलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Image
maya metro

अत्तरिया – कैलालीको गौरीगंगा नगरपालीकामा होली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस गौरीगंगा नगरपालिका वडा न ६ को वडा आयोजनामा होली पर्बको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आज बिहिवार बनबेहडामा सम्पन्न भएको हो ।
नेपाली कांग्रेस गौरीगंगा नगरपालिका वडा न ६ का सभापति टेकबहादुर कुवँरको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस सुदूरपश्चिम प्रदेश सदस्य सुरत बहादुर रावत (डोटेली कान्छा) प्रमुख अतिथि रहेका थिए।
शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि एवं गौरीगंगा नगरपालिका वडा न ६ का अध्यक्ष कमला शर्मा , कांग्रेस डोटी जिल्ला पुर्ब सचिव एकम छेडाल , कैलाली क्षेत्र न ४ का निबर्तमान सभापति दिनेशराज जोशी , निबर्तमान महाधिवेशन प्रतिनिधि नर सिंह सार्की , नेपाली कांग्रेस गौरीगंगा नगर सभापति पहल बिक्रम चन्द ,गौरीगंगा नगरपालिका वडा न १ का सभापति डबल दियाकोटी, वडा न २ का सभापति किरन मल्ल ,क्षेत्रीय प्रतिनिधि बिमला बम कुवँर, महिला नेत्री लक्ष्मी कुवँर लगायतले शुभकामना मन्तव्य राखेका थिए।

नेपाली कांग्रेस गौरीगंगा नगरपालिका वडा ६ का उपसभापति चक्र थापाको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको सञ्चालन वडा सह(सचिव आशिष उपाध्यायले गरेका थिए ।

nisarga