दार्चुलामा चरेससहित एक वडासदस्य पक्राउ

Image
maya metro

दार्चुला – दार्चुलामा चरेससहित एक वडासदस्य पक्राउ परेका छन्। व्यास गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य तथा चुकपानी घर भएका मोहनसिंह विष्ट पक्राउ परेका हुन्।

उनलाई ६ सय १० ग्राम लागुऔषध चरेससहित सदरमुकाम खलंगाबाट पक्राउ गरिएको प्रहरीले बताएको छ। सदरमुकाम खलंगाको विद्यानगरस्थित आफ्नै घरमा राखेको पसलबाट चरेससहित प्रहरीले विष्टलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

nisarga

विष्टमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

रासस