बझाङमा भाइ बुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ

Image
maya metro

बझाङ – बझाङमा भाइ बुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ परेका छन्। प्रहरीले  २२ वर्षीया बुहारीलाई बलात्कार गरेको आरोपमा ४२ वर्षीय जेठाजुलाई पक्राउ गरिएको जनाएको छ ।

चैत १२ गते बेलुकी कोठामै गई हातमुख च्यापेर जबरजस्ती करणी गरेको भन्ने पीडितको उजुरीपछि जेठाजुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। प्रहरीका अनुसार पीडित जेठानीको सहायतामा प्रहरीको सम्पर्कमा पुगेकी थिइन्। उनलाई स्वास्थ परीक्षणपछि हिंसा प्रभावितको क्षेत्रमा काम गरिरहेको महिला सुरक्षित आवास गृह (सेभ हाउस)को जिम्मा लगाइएको छ।

nisarga

बलात्कार आरोप लागेका जेठाजुलाई जबरजस्ती करणी शीर्षकमा मुद्दा चलाई जिल्ला अदालत बझाङबाट सोमबार ३ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञान बहादुर विष्टले जानकारी दिए । पीडित र पीडकको नाम ठेगाना प्रहरीले गोप्य राखेको छ।