मेची महाकाली उल्टो पैदल यात्रामा निस्केका ऋषि परियार लाई स्याउलेमा स्वागत

Image
maya metro

अत्तरिया – मेची महाकाली उल्टो पैदल यात्रामा निस्केका ऋषि परियार लाई स्याउलेमा स्वागत गरिएको छ ।  तुलसीपुर–३ रानागाउँका ३० वर्षीय ऋषि परियार आज दिउसो स्याउले पुगेका थिए ।

गोदावरी नगरपालीका ८ स्थीत स्याउलेमा स्थानीय व्यापारी गोपाल देउवा लगायतले परियार लाई स्वागत गरेका हुन् । परियारले स्वास्थ्यका लागी मेची महाकाली पैदल यात्रा गरेको बताए ।

nisarga

मेचीबाट उल्टो पैदल यात्रा सुरु गरेका उनी आज ६० औँ दिनमा गोदावरीको स्याउलेमा पुगेका थिए । ‘स्वास्थ्यका लागि मेची–महाकाली उल्टो पैदल यात्रा’ भन्ने मुल नाराका साथ परियारले माघ १५ गते झापाको मेची पुलबाट आफ्नो यात्रा सुरु गरेका थिए ।

स्वागत कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष नरेश अधिकारी लगायत स्थानीय व्यवशायीको सहभागीता रहेको थियो ।