
महेन्द्रनगर – भीमदत्त नगरपालिकाको मझगाउँ खोलामा एउटा चितुवा पासोमा फसेको छ । वडा नं. १५ र १६ बीचको मझगाउँ खोलामा चितुवा पासोमा फसेको हो । उक्त क्षेत्र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तर्गत मध्यवर्ती क्षेत्र पर्छ ।
‘चितुवा पासोमा फसेको खबर आएको छ,’ निकुञ्ज प्रमुख किशोरकुमार मेहताले भने,‘घटना स्थल पुगेपछि बिस्तृत थाहा हुन्छ, त्यहाँ निकुञ्जको टोली गइरहेको छ ।’
















