कञ्चनपुरमा पिकनिक गएका एक युवकको तालमा डुबेर मृत्यु

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरमा पिकनिक गएका एक युवकको तालमा डुबेर मृत्यु भएको छ। जिल्लाको बेलडाँडी गाउँपालिका कुन्डा घर भइ महेन्द्रनगरको बसपार्कस्थित एक होटलमा काम गर्ने २७ बर्षिय गणेश साउँदको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

भीमदत्त नगरपालिका–९ मा पर्ने कालिताल झरनामा नुहाउने क्रममा साउँद तालमा डुबेको र उपचारका लागि महेन्द्रनगरस्थित प्रादेशिक अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

nisarga

साउद कार्यरत होटलका सबै स्टाफहरु रमाइलो गर्न पिकनिक गएका थिए । उनीहरुले मदिरा सेवन गरेको र नुहाउने क्रममा साउद डुबेको हुनसक्ने प्रहरीको आशंका रहेको छ ।