बझाङको सेती नदीमा र्‍याफ्टिङ परीक्षण गरिने

Image
maya metro

बझाङ – बझाङको सेती नदीमा र्‍याफ्टिङ परीक्षण गरिने भएको छ। सेती नदीको दृश्यावलोकन र समग्र बझाङको पर्यटन विकासका लागि सुनिकोटदेखि पानकोटसम्म र्‍याफ्टिङ परीक्षण गरिने भएको हो।

चैत १८ गते सुनिकोटदेखि पानकोटसम्म सेती नदीमा परीक्षण गरिने एक्सप्लोर सुदूरपश्चिम टुर एण्ड एडभेञ्चर प्रालिका प्रबन्ध निर्देशक किशोर खड्काले बताए। परीक्षण सफल भए चैत १९ गतेदेखि १ हप्तासम्म सेती नदीमा र्‍याफ्टिङ सञ्चालन गरिने उनले बताए। टिकट र समय परीक्षणपछि मात्रै तय गर्ने खड्काले बताए।

nisarga

पर्यटन, धार्मिक सांस्कृतिक तथा प्राकृतिक गन्तव्यको रुपमा रहेको बझाङ जिल्ला प्रवद्र्धनका लागि सरोकारवाला सबैसँग सहकार्य गरिने जनाईएको छ ।