कोेरोना प्रभावितलाई खाध सामग्री वितरण

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालीकामा कोरोना प्रभावित व्यत्तिहरुलाई खाध साम्रगी वितरण गरिएको छ ।

दलित महिला संघ (PHEDO) ले नगरपालीकाभित्र कोरोनाबाट आफन्त गुमाएका ७ परिवारलाई सहयोग गरेको हो ।

nisarga

दलीत महिला सघंकी सचिव अम्बीका ताम्राकारले घरको कमाउने मान्छकोे नै कोरोनाबाट मृत्यु भएपछी हातमुख जोर्न नै समस्या हुने ७ दलीत परिवारलाई खाधान सामग्री वितरण गरिएको बताईन् ।

सहयोगमा२५ किलो चामल,२ किलो दाल,तेल,नुन,साबुनका साथै मास्क १ पाकेट रहेको थियो ।

सहयोग वितरण कार्यक्रममा दलित महिला संघका प्रतिनिधीकासाथै गोदावरी नगरपालीकाकी कार्यपालीका सदस्य गणेशी वि सी को सहभागीता रहेको थियो ।