७ दिने आईलेस एक्सटेन्सन सम्बन्धी तालिमको समापन

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरिया र धनगढीमा जारी ७ दिने आईलेस एक्सटेन्सन सम्बन्धी तालिमको समापन गरिएको छ ।

बिहिबार एक औपचारीक कार्यक्रमकाबिच ७ दिने आईलेस एक्सटेन्सन सम्बन्धी तालिमको समापन गरिएको हो । राष्ट्रिय सौन्दर्यकर्मि युनियनकी केन्द्रिय सदस्य एवम् सुदूरपश्चिम प्रदेश अध्यक्ष शोभा रावलको अध्यक्षतामा आयोजीत समापन कार्यक्रममा गोदावरी नगरपालीकाका प्रमुख हरि सिहं साँउद प्रमुख अतिथी रहेका थिए ।

nisarga

त्यस्तै कार्यक्रममा नगरउपप्रमुख रत्ना कडायत, वडा नम्बर २ का वडा सदस्य कमल कडाएत,व्युटिसियन क्षेत्रमा बर्षौदेखि पेशागत रूपमा निरन्तर लागीरहेका ब्युटिसियन निसा सिह, सुनन्दा पान्डे लगाएत अत्तिरियाका ब्युटिसियनहरुको सहभागीता रहेको थियो । तालीममा गोदावरी नगरपालिकाका १० र धनगढी उपमहानगरपालिकाका १० जना गरी २० जना ब्युटिसियनहरुको सहभागीता रहेको थियो ।

जुनु मेकअप स्टुडियोको सहयोगमा सञ्चालित तालीमको प्रशिक्षकका रुपमा सोही स्टुडियोकी संचालीका जुनु गिरी रहेकी थिईन् । यस्तै कार्यक्रममा सुदूरपश्चिमकी पहिलो ब्युटिसियन धनगढीकाे  काठमाडौ ब्युटिपालरकि संचालिका निसा सिहं , अत्तरियाबाट नेहाब्युटि पालरकि संचालिका सुनन्दा पाण्डे ,तालिमकी प्रशिक्षक जुनु गिरी लगाएतलाई सम्मान गरिएको थियो ।

कार्यक्रका सबै सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा बोल्दै गोदावरी नगरपालीकाका प्रमुख हरिसिहं साँउदले आफुले सिप सिकेमा जहाँ गएर पनी स्वरोजगार बन्न सकिने बताए । उनले तालीममा सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गर्दै सौन्दर्यकर्मी महिलाले आफु स्वरोजगार बन्दै अरुलाई समेत रोजगार दिएको बताए ।

ब्युटिसियन महिलाहरुलाई नगरपालिकाबाट आवश्यक पर्ने सहयोग गर्न तयार रहेको उनले बताए । यस्तै तालीममा गोदावरी नगरपालीकाकाी उपप्रमुख रत्ना कडाएतले आफु जुन क्षेत्रमा छौ त्यो क्षेत्रलाई सम्मान गर्दै काममा खट्नुपर्ने बताईन् । उनले व्यवशाय सुरु गरीसकेपछी ग्राहलाई सन्तुष्ट पार्ने काम पनी महत्तवपुर्ण भएको भन्दै त्यतातिर पनी ध्यान दिन आग्रह गरिन ।

कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मि युनियनकी केन्द्रिय सदस्य एवम् सुदूरपश्चिम प्रदेश अध्यक्ष शोभा रावलले गाँउगाँउमा सरकार आँउदापनी आफुहरुको पेसालाई बुझ्न नसकेको गुनासो गरिन् । ब्युटिसियनहरुले आफुमात्रै स्वरोजगार भएका छैनन् उनले भनीन् थुप्रै व्यत्तिलाई रोजगारी समेत दिएका छन् । उनले सरकारले यो पेसामा लगानी गर्न नसकेको बताईन् । ‘ब्युटिपार्लर पेशालाई फेसनको रुपमा मात्रै हेरिन्छ’ अरु होईनौ? उनले प्रश्न गरिन् ‘के हामी फेसनका लागि मात्रै बसेका हौ त अरु होईनौ? हैनौ, हामी महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन बसेका हौ ।

आर्थिक रुपमा समृद्ध नभई महिला आत्मनिर्भर बन्न नसक्ने भएकाले उसलाई पहिला रोजगारीको अवसरहरु सिर्जना गर्नुपर्ने बताउदै उनले त्यसका लागि राज्यले गर्नुपर्ने लगानी नगरेको गुनासो गरीन ।ब्युटिपार्लर सिकेका महिलाहरुले स्वदेशमा मात्रै नभइ विदेशमा समेत राम्रो रोजगारी पाउने उनको भनाई थियो ।