बाजुरा सहित १५ जिल्लामा कोरोनाका सक्रिय संक्रमित शून्य

Image
maya metro

काठमाडौं – पछिल्लो २४ घन्टामा देशभरि २२ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा ३ हजार ८ सय ३५ जनामा गरिएको परीक्षणमा २२ जना संक्रमित भेटिएका हुन्। आज संक्रमणका कारण कसैले पनि ज्यान गुमाएका छैनन्।

आज ७५ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभरि १ हजार २२ जना सक्रिय संक्रमित रहेका छन्। हाल देशभरि १५ जना संक्रमित आइसियू र भेन्टिलेटरमा उपचाररत रहेका छन्।

nisarga

नेपालमा हाल १५ वटा जिल्लामा सक्रिय संक्रमित शून्य रहेका छन्। जसमा संखुवासभा, भोजपुर, सोलुखुम्बु, चितवन, दोलखा, नुवाकोट, मनाङ, मुस्ताङ, रुकुम पूर्व, जाजरकोट, जुम्ला, हुम्ला, डोल्पा, सल्यान र बाजुरा जिल्लामा सक्रिय संक्रमित शून्य रहेका छन्।