बिरामीको मृत्युपछी पदमा अस्पतालमा तनाव

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरिया स्थीत पदमा अस्पतालमा एक बिरामीको मृत्यु भएपछी आफन्तले अस्पतालमा तोडफोड गरेका छन् ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक (डिएसपी) नवराज पोखरेलका अनुसार गोदावरी नगरपालिका – ३ का ३८ वर्षिय विनोद कुमार बोहराको मृत्यु भएको हो ।

nisarga

तोडफोडबाट अस्पतालका बाहिरको सिसा फुटेको छ । क्षतीको थप विवरण आउन सकेको छैन ।

आक्रशित भिड तितरवितर गर्न प्रहरीले अश्रु ग्यास समेत प्रयोग गरेका छ । डाक्टरको लापरवाहिका कारण मत्यु भएको भन्दै आक्रशित आफन्तले अस्पतालको ढुंगामुडा गरेका हुन् ।