पदमा अस्पतालमा युवक मृत्यु प्रकरण : सहमतीपछी आफन्तले बुझे शव

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा मृत्यु भएका बिरामीको शव आफन्तले बुझेका छन्। अस्पताल, प्रहरी प्रशासन र स्थानीय तथा आफन्तबीच सहमति भएपछि उनीहरुले शव बुझेका हुन्।

ईलाका प्रहरी कार्यालय मालाखेती का प्रमुख डिएसपी नबराज पोखरेल दुबै पक्ष बिच सहमति भएर शब बुझेको बताए । उनका अनुसार घटना को वास्तविक सत्य तथ्य पत्ता लगाउन एक समिति गठन गर्ने र पिडित परिवारलाई क्षतिपूर्ति दिने सहमति भएको छ ।

nisarga

शनिबार बिहान गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोदकुमार बोहराको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। उनको मृत्युपछि स्थानीय आक्रोशित बनेका थिए।

आक्रोशित स्थानीयले डाक्टरको लापर्बाहीका कारण झाडापखाला भएका बोहराको ज्यान गएको भन्दै अस्पतालमा ढुंगामुडा समेत गरेका थिए। आक्रोशित भिड तितरवितर गर्न प्रहरीले अश्रु ग्यास समेत प्रयोग गरेको थियो।