कैलालीमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते

Image
maya metro

धनगढी – कैलालीमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन्।  शनिबार जिल्लाको गौरीगंगा नगरपालिका-४ राजीपुरमा सुपप्र ०१ ००९ प ७५२० नम्बरको मोटरसाइकलले सोही ठाउँका ३ वर्षीय विवेक सापकोटालाई ठक्कर दिएको प्रहरीले जनाएको छ

मोटरसाइकलको ठक्करबाट घाइते भएका उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। चालक गौरीगंगा-५ का २४ वर्षीय सिदन रावललाई मोटरसाइकलसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाईएको छ ।

nisarga