खुटीया नदीमा मापदण्ड विपरीत दोहन, जोखीममा पुल र बस्ती

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका ८ मा रहेको खुटीया नदीमा मापदण्ड विपरीत नदीजन्य पर्दाथ उत्खनन गरिएको छ । पुल तथा सार्वजनीक संरचनाबाट ५ सय मिटर टाढैबाट नदीजन्य पदार्थ उत्खनन् गर्नुपर्ने प्रावधान भएपनी पुल तथा बस्ती नजीकैबाट उत्खनन गरिदै आएको हो ।

उत्खनन गर्ने एरीया मार्कीङ गरिएको भएपनी उत्त स्थान भन्दा करिब तिन सय मिटर वरबाटै दोहोन भईरहेको छ । खुटीया बस्तीका स्थानीयले भने बस्ती नजीकैबाट दोहोन गरिदै आएको भन्दै विरोध गर्दै आएका छन् । सरकारको नदीजन्य वस्तु उत्खनन सम्बन्धी प्रारम्भीक वातावरणीय परिक्षण प्रतिवेदनको समेत बेवास्ता गर्दै नदीमा स्काभेटरको प्रयोग गरिएको छ ।

nisarga

खुटीया नदीको किनारमा रहेको बस्तीका एक स्थानीयले बस्ती नजीकै स्काभेटर प्रयोग गरिएकाले बस्ती नै जोखीममा परेको बताए । पहिले ५ सय मिटर माथीमात्रै उत्तखनन गर्न पाईने भन्ने नियम बनेको थियो ति स्थानीयले भने “नदीले वर्षेनी यतैतिर काट्दै आएको छ यसरी नजीकै डोजर लाएर ढुंगा बालुवा निकाल्दै छन् ,आँउदो वर्षामा झन् जोखमि हुन्छ होला ।” अर्का स्थानीयले पनी बस्ती र पुल नजीकै डोजर नै प्रयोग गरि नदीजन्य पर्दाथ निकालीन लागेकोमा आपत्ति जनाए । उनले भने “हामीले पटकपटक नगरपालीका गएर पनी भनीसक्यौ, ठेकेदारले त हामीले भनेको टेर्दै टेर्दैन,यहि बाटोमा ओहोरदोहोर गर्दा स्थानीय सरकारलेपनी देखेकै छ तर सबैले नदेखेजस्तो गरेका छन् ।”

उनीहरुले बस्ती नजीकै स्काभेटर प्रयोग गर्दा नदीको धार परिवर्तन हुने चिन्ता व्यत्त गरेका छन् । नदीमा दैनीक आठ ओटा सम्म डोजर प्रयोग हुँदै आएका छन् ।नगरपालिकाले अनुगमन नगर्दा ठेकेदारको मनपरि भएको उनीहरुको भनाइ छ । कोहि अनुगमन गर्न आएपनी अनुगमनमा आँउदै छौँ भनेर सम्बन्धीत व्यत्तिहरुलाई जानकारी दिई सचेत गराएर देखावटी रुपमा आउने गरेको उनीहरुले बताए । गोदावरी गौरीगंगा टिप्पर व्यवशायी समितिका अध्यक्ष एवम स्याउलेका स्थानीय करन बोगटीले भने नदीको बिचको भाग उच्चो भएर दुवै साइट तर्फ कटान बढ्ने जोखीम रहेकोले पुलबाट ५ सय मिटरको दुरीमा रहेको नदीजन्य पदार्थ सफा गरिदिनकालागी सडक विभागलाई पटकपटक आग्रह गर्दापनी वेवास्ता भएको बताए ।उनले भने “हामीले नदीको बिचैबिचको भागमा ढुंगा बालुवा धेरै जम्मा भयो,यस्ले गर्दा दुईतिर कटान बढ्यो भनेर फोटो तिन सय जना स्थानीयको हस्ताक्षर सहित सडक विभागमा पेश गर्यौ , उहाँहरुले अहिलेसम्म सुनुवाई नगरेपछी केहि स्थानीयको सहमती बमोजीम पुल नजीकैबाट उत्खनन गर्न लागेका हौँ ।”

मुख्य राजमार्गमा रहेको खुटीया पुलबाट समेत करिब दुइ सय मिटरको दुरी पनी नराखेर डोजर प्रयोग गरिएको थियो । गोदावरी नगरपालीकाका आन्तरीक लेखा परिक्षक अधिकृत राजेश प्रसाद जोशीले सम्झौतामा नदीजन्य पदार्थ उत्खनन गर्दा उपकरणको प्रयोग नै गर्न नपाउने उल्लेख गरिएको बताए ।

उपकरणको त प्रयोग नै गर्न मिल्दैन जोशीले भने “मार्कीङ गरिएको स्थान भन्दा वरै सार्वजनीक स्थान नजीकै उत्खनन गरिएको भेटीए तत्काल हटाउँन लगाँउछौँ । ” उनले हालसम्म अनुगमन भने नगरिएको बताए । गोदावरी नगरपालीकाका तिनै ओटा नदीको ठेक्का पाएको श्री भवानी कन्सट्रक्सनका ठेकेदार अशोक मल्लले भने ट्याक्टर र डोजर धनी प्रायजसो स्थानीय नै भएकाले उनीहरुले नै लापरवाही गर्दै आएको बताएका छन् ।

हामीले पुल वा बस्ती नजीकैबाट उत्खनन गर्नुस भनेर लगाउने होईन उनले भने “राजमार्ग वा सार्वजनीक स्थानबाट ५ सय मिटर तल र माथी उत्खनन गर्न मिल्दैन भन्ने खोलामा काम गर्न आउने जती सबैलाई थाहा छ,मार्कीङ एरीया पनी थाहा छ तर सबैले वेवास्ता गरेका छन् । हामीले यहाँबाट ननिकाल्नुस भनेर भन्दा हामी यहिँको मान्छे हो हामी जान्ने की तपाँइ जान्ने भनेर जिकीर गर्छन ।” डोजर प्रयोग गरिएको सम्बन्धमा भने उनले विकास निर्माणका कामकालागी मानवीय जनशत्तिले नभ्याउने भएपछी नगरपालीकाबाट इजाजत लिइसकेको बताए । कन्सट्रक्सनका प्रतिनीधी सन्दिप शाहिले डोजर भएका व्यत्ति पनी स्थानीय नै भएकाले आफुहरु नभएको समयमा नजीकैबाट उत्खनन गरेको हुनसक्ने बताए । व्यवहारीक रुपमा पनी ५ सय मिटर नजीकैबाट उत्खनन गर्न मिल्दैन उनले भने “डोजर प्रयोग गर्न नदिदा कहिँलेकाँहि त्यहाँका स्थानीयले नै विरोध गरेर खोला बन्द गर्ने काम गरिदिन्छन् । ” गोदावरी नगरपालीकाभित्रका खुटीया,खैराना र गोदावरी नदीको नदीजन्य पर्दाथ उत्खनन र निकासीकालागी महेन्द्रनगरको श्री भवानी कन्सट्रक्सनले ठेक्का पाएको थियो ।