Attariya Hospital Pvt.Ltd.

मुटु रोगीलाई वडा अध्यक्ष शाहीको आर्थीक सहयोग

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर १० मुटु रोगी बिर बहादुर लुहारलाई आर्थीक सहयोग गरिएको छ । लुहारलाई वडा अध्यक्ष रविन्द्र शाहीले सात हजार नगद सहयोग गरेका हुन् । कमजोर आर्थीक अवस्था भएका लुहार तिन वर्ष अघी मुटु रोगबाट ग्रसित भएका थिए । कामको क्रममा भारत भारत पसेका उनी बिरामी भएपछी घर फर्किएका थिए । छोराछोरीको पढाईलेखाई, परिवारको लालनपालन र दैनिक गुजारा चलाउन भारत छिरेका उनी ३ वर्ष यता घरमै बस्न बाध्य छन । भारतमै काम गर्ने सिलसिलामा अकस्मात हृदयघात भएपछि उनी घर फर्किएका थिए, त्यसयता उनी भारत जान सकेका छैनन् ।
उपचारका क्रममा उनलाई मुटुको रोग देखियो । जसो तसो उपचार गरेर फर्किएका उनले रोग पुर्ण रुपमा निको नहुन्जेल सम्म महिनामा कम्तीमा ७ हजार बराबरको औषधी नियमीत सेवन गर्नुपर्ने बताए । उनले आफुलाई परेको समस्या वडाध्यक्षलाई जानकारी गराउदा वडाध्यक्षले सहयोग गरेको बताए । त्यसपछि उक्त वडाका वडाध्यक्ष रविन्द्र शाही ९गुड्डु० ले विर बहादुरको मासिक औषधी खरिदका लागी ७ हजार नगद सहयोग गरे । त्यसका साथै उनले विर बहादुरका छोरा रोशन लुहार र छोरी अन्जली लुहारको पढाईको पनि जिम्मेवारी लिए ।

‘आफ्नो समस्या भन्न वडाध्यक्ष सरलाई भेटेको थिए, उहाँसँग भेट भएपछि उहाँले मलाई औषधीको लागी ७ हजार सहयोग गर्नुभयो । साथै छोराछोरीको पनि भर्ना गरिदिनु भयो’ उनले भने ‘उहाँले मेरो मासिक रुपमा औषधीका लागी आवश्यक पर्ने रकम आगामी महिनाहरुमा पनि दिने भन्नुभएको छ । उहाँप्रति म धेरै आभारी छु ।’

उनले वडाको विकासका लागी मात्रै नभई वडाबासीलाई भैपरी आउन सक्ने समस्याहरुका लागी पनि वडाध्यक्ष शाहीले सहयोग गर्दै आएका बताए । वडाध्यक्षले छोराछोरीको पढाईको जिम्मेवारी नलिएको भए उनीहरुले पनि पढाई छाड्नुपर्ने बाध्यता आउने आफुलाई चिन्ता लागेको बताए । उनले अब भने आफुलाई छोराछोरीको पढाईको चिन्ता हटेको बताए । वडाध्यक्ष रविन्द्र शाही (गुड्डु) ले आर्थिक अभावका कारण नियमीत रुपमा सेवन गर्नुपर्ने औषधी समेत किन्न सक्ने अवस्था नभएपछि आफुले सहयोग गरेको बताए ।

Siddi ganesh

‘आर्थिक अभावका कारण रोगले अकालमै ज्यान गुमाउन बाध्य मेरा वडाबासीहरुलाई मैले यसरी नै सहयोग गर्छु’ उनले भने ‘उहाँको अवस्था पनि त्यस्तै थियो, मैले मेरो तर्फबाट गर्न सकिने सहयोग गरेको हँु, उनलाई मासिक रुपमा औषधी किन्न आवश्यक पर्ने रकम अझै पनि उपलब्ध गराउने छु ।’ अध्यक्ष शाहीका अनुसार विरबहादुरका छोराछोरीलाई स्कुल भर्ना गराएर छोरीको लागी छात्रवृत्ति र छोराको लागी ट्युसन कक्षाको पनि व्यवस्था उनले गरेका छन । आफ्नो वडामा निकै लोकप्रिय रहेका शाहीले यसअघि पनी कमजोर आर्थीक अवस्था भएका बिरामीहरुको उपचारमा सहयोग गर्दै आएका छन् भने विपन्न वर्गका बालबालीकालाई आफ्नै खर्चमा पढाँउदै आएका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.