न्यायीक अधिकारको बारेमा वडा तहमा अभिमुखीकरण

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालीकाले न्यायीक अधिकारको बारेमा वडा तहमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ ।

नगरपालीकाको न्यायीक शाखाले आईतबारदेखी १२ ओटै वडाका मेलमिलापकर्ता हरुका लागी अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नयायीक अधिकारकै बारेमा छलफल गरिने सहायक महिला विकास निरीक्षक धना जोशीले जानकारी दिईन् ।

nisarga

उनले यो आर्थीक वर्ष मेलमिलापकेन्द्र सञ्चालन सम्बन्धी कार्यविधी पास भएकोमा सो को बारेमा पनी जानकारी दिईने बताईन् ।

गत वर्षसम्म न्यायीक समितिमानै विवादहरु दर्ता हुने गरेका थिए उनले भनीन् “यस वर्षदेखी पहिलो चरणमा मेलमिलाकेन्द्रमा नै दर्ता गरि मेलमिलाप गर्नुपर्ने कार्यविधी बनेकोमा सबै वडाका मेलमिलापकर्तालाई सो सम्बन्धी जानकारी गराँउछौँ ।”