गोदावरी ५ मा संचालीत डेलुवा तथा झोला बुनाइ तालिम सम्पन्न

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ५ मा संचालीत डेलुवा तथा झोला बुनाइ तालिम सम्पन्न भएको छ । गोदावरी नगरपालीका वडा नम्बर ५ मा आयोजना गरिएको तालिमको आज एक कार्यक्रमका बिच समापन गरिएको हो । अत्तरिया सामुदायीक सिकाइकेन्द्रको आयोजना तथा युनेस्को काठमाण्डौको सहयोगमा वडाका १० जना महिलाहरुकालागी तालिम संचालन गरिएको थियो । अत्तरिया सामुदायीक सिकाइकेन्द्रले अमुर्त साँस्कृतिक सम्पदा संरक्षण तथा पुस्तान्तरण कार्यक्रम अन्र्तगत डेलुवा तथा झोला बुनाइ तालीमको आयोजना गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी रहेका गोदावरी नगरपालीका वडा नम्बर ५ का वडा अध्यक्ष कर्ण सिहं बोहराले आफ्नो संस्कृतीको जर्गेना गर्दै पुस्तान्तरण गर्नु कर्तव्य भएको बताए । उनले अर्मुत सम्पदाहरुलाई कसरी हस्तान्तरण गर्ने भन्ने चिन्ता भएका बेला युनेस्कोले सहयोग गरेको भन्दै सम्पदा हस्तान्तरण गर्ने जिम्मेवारी अघिल्लो पुस्तालाई रहेको बताए । उनले रानाथारुको संस्कृती हराउँदै गएकाले वडामा योजना बाँडफाँडका बेलामा सक्रिय भई तालीमको माग गर्न सुझाव दिए । समापन कार्यक्रममा बोल्दै अत्तरिया सामुदायीक सिकाइकेन्द्रका अध्यक्ष टिकादत्त जोशीले वस्तु उप्पादनमात्रै नभइ बजारीकरण र आयआर्जनमा पनी धयान दिन आग्रह गरे । तालिमकालागी प्रशिक्षक पाउन समेत मुस्किल भएको बताँउदैउनले सिकेको सिपलाई आयआर्जनसंग जोड्न पनी प्रशिक्षार्थीहरुलाई आग्रह गरे ।

nisarga

तालीमको प्रशिक्षण रामकुमारी रानाले गरेकी थिईन । उनले डेलुवा, बिहेमा बेहुलाले बोक्ने झोला लगाएतका राना समुदायको पहिचान बोक्ने सामानहरु हराँउदै गईरहेको बताईन् । आफुले रुची राखकाले मात्रै डेलुवा बनाउन सिकेको तर पछील्लो पुस्ताले डेलुवा, बिहेमा बेहुलाले बोक्ने लगाएतका सामानहरु बनाउमा रुची पनी नराख्ने उनले बताईन् । मेरै पुस्ताका पनी कसैलाई आँउदैन उनले भनीन मैले त धेरै रुची राखेकाले मात्रै सिक्न पाएको हुँ । राना समुदायमा डेलुवाको धेरै महत्व छ । आफुले सिकेको सिप बाँड्न पाएकोमा निकै खुसी लागेको उनले बताईन् ।

श्राद्ध,बिहे,तिज लगाएत मर्दापर्दाका प्राय सबै काममा डेलुवा अनीवार्य हुने प्रशिक्षार्थी शारदा रानाले बताईन् । ४२ वर्षीय रानाले सबै ठाँउमा आवश्यक हुँदा सिक्न खोजेको भएपनी सिकाउने मान्छे नै नपाएका कारण सिक्न नसकेको बताईन् । उनले आजसम्म नसिकेको सिप सिक्ने अवसर दिएकोमा आयोजकलाई धन्यवाद दिईन् ।डेलुवा, बिहेमा बेहुलाले बोक्ने झोला बनाउने पछील्लो पुस्तामा हस्तान्तरण नहुँदा चाहिएको बेला पाउन पनी मुस्कील हुने गरेको अर्की प्रशिक्षार्थी प्रभा रानाले बताईन् । डेलुवा बनाउनकालागी काँशको प्रयोग गरिने भएपनी पछील्लो समय काँश पाउन नसकिने भएपछी ऊनको प्रयोग गरिदै आएको छ । ऊनबाट बनेको डेलुवा आकर्षक देखीने भएकाले पनी ऊनकै प्रयोग गरिने उनीहरुले बताए ।

डेलुवा,झोला लगाएतका लोपोन्मुख सामग्री बनाउन सिकीसकेपछी व्यवशायीक रुपमा समेत अघि बढाउन सकिने तालिमका सहभागीहरुले बताए । तालिमकी सहभागी बादल रानाले लोभ हुँदै गएको सामग्री डेलुवा तथा झोला बनाउन सिक्न पाँउदा एकदमै खुसी लागेको बताईन् । डेलुवा रासमण्डली,डोखाली,सिक्टी,घिउरी गरि थुप्रै प्रकारका हुने र यिनीहरु छुट्टाछुट्टै काममा प्रयोग हुने उनीहरुले बताए । प्रशिक्षक र प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको उत्त कार्यक्रमको संचालन अत्तरिया सामुदायीक सिकाइकेन्द्रकी सामाजिक परिचालक गोमा ढकालले गरेकी थिईन् ।