गोदावरीका बालबालिकालाई आजदेखी टाइफाइड विरुद्धको खोप लगाईदै

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका भित्रका बालबालिकाहरुलाई आजदेखी टाइफाइड विरुद्धको खोपल लगाँइदै छ । गोदावरी नगरपालिकाका ३० हजार बढी बालबालिकालाई टाइफाइड रोगविरुद्ध टाइफाइड कन्जुगेट भ्याक्सिन (टिसिभि) खोप लगाउन  लागीएको हो ।

गोदावरी नगरपालीकाका जनस्वास्थ्य अधिकृत नवराज अवस्थीले गोदावरी नगरपालीकाका विधालयमा टाइफाइड विरुद्धको खोप अभियान आजदेखी सुरु हुने बताए । देशभर यो कार्यक्रम २५ गतेदेखी लागु हुने भएपनी गोदावरीका अधिकांस विधालयले परिक्षाको मिती तोकिसकेकाले २३ गतेदेखी नै संचालन गर्न लागीएको उनले बताए ।

nisarga

उनले ९३ खोपकेन्द्र रहने तथा प्रत्येक खोप केन्द्रमा एक जना स्वास्थ्यकर्मी, एक जना महिला स्वास्थ्य संयमसेविका र एक जना महिला शिक्षिकका सहभागि रहने बताए ।खोप लगाएपछि टाइफाइड रोगबाट जोगिन मद्दत पुग्ने उनको बतााईएको छ । विद्यालय उमेर समूहका बालबालिका बाहेक १५ महिनादेखि १५ वर्ष उमेर समुहका बालबालिकालाई एचएमआईएसको तथ्यगत आधारमा खोप दिने तयारी सरकारको छ ।

टाइफाइडका बिरामीलाई उच्च ज्वरो, टाउको दुख्ने, जीउ दुख्ने, पसिना आउने र जिब्रोमा सेतो लेत लाग्ने मुख्य लक्षण देखिने गरेका छन् ।समयमै उपचार नपाएको खण्डमा बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पु¥याउने भएकाले यसको रोकथामका लागि खोप अभियान सुरु गरिरहेको हो ।

गोदावरी नगरपालीकाको स्वास्थ्य शाखाले सोमबार टाइफाईड विरुद्धको खोप अभियानलाई लक्षीत गरि अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरेको थियो ।