सुदूरपश्चिममा एक दुइ दिन भित्रै कांग्रेस सहितको सरकार बन्दैछ भन्नेकुरा सुन्दैछु : प्रदेश सभापती बलायर

Image
maya metro

अत्तरिया – नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापती विर बहादुर बलायरले सुदूरपश्चिममा एक दुइ दिन भित्रै कांग्रेस सहितको सरकार बन्नसक्ने संकेत प्राप्त भएको बताएका छन् ।

नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ ले अत्तरियामा आयोजना गरेको घर घर जाँऔ कांग्रेस जिताऔँ अभियान लाई सम्बोधन गर्दै सभापती बलायरले सुदूरपश्चिममा एक दुइ दिन भित्रै कांग्रेस सहितको सरकार बन्ने सुन्नमा आएको बताएका हुन् ।

nisarga

भेलामा बोल्दै “बलायरले भने सायद लाग्दैछ एकदुइ दिन भित्रै सरकार बन्दैछ रे कांग्रेस सहितको भन्ने सुन्दैछु ,याँ काठमाण्डौँबाट प्रेसले पनी सोधीराछ,केहि मन्त्री हुनेले पनी फोन गरिराछन् ।”