
धनगढी – कैलालीमा बेहोस फेला परेका एक वृद्धको मृत्यु भएको छ। प्रहरीका अनुसार बुधबार जिल्लाको टीकापुर नगरपालिका-२ आँखा अस्पताल पछाडिको खेतमा टीकापुर-१ का ६९ वर्षीय लालबहादुर चौधरी बेहोस अवस्थामा भेटिएका थिए।
उपचारका लागि टीकापुर अस्पताल लगिएका उनको त्यहाँ उपचार हुन नसकेपछि कोहलपुर रिफर गरिएको र उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। उनी बेहोस तथा मृत्यु हुनुको कारण भने नखुलेको उनले बताए। पोस्टमार्टम रिपोर्टपछि कारण खुल्न सक्ने उनले बताए।


















